मृत अवस्थामा फेला

48

 

काठमाडौं । गुल्मी, मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की
सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही
ठाउँ बस्ने ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर
ठकुरी घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका
छन् ।
महोत्तरी, गौशाला नगरपालिका-८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५
वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, भद्रपुर नगरपालिका-५ शान्तिटोल मशानघाटस्थित बाटो छेउमा सोही ठाउँ
बस्ने ३८ वर्षीय चन्दन सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here