कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि

45

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।

मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।

‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहि बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here