उदयपुर । बेलका नगरपालिका-३ दुर्गा मन्दिर टोल बस्ने निहिलाल चौधरीको गोठमा बुधबार बेलुकी आगलागी हुँदा गोठ, भाडावर्तन, काठपात लगायतका सामान पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















