विवादित केबलकार बनाउने विषयमा समाचार सम्प्रेषन गर्दा सम्वेदनशील हुन आग्रह

55

काठमाडौं । नेपाल पत्रकार महासंघले ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार बनाउने विषयमा भइरहेको विवादमा समाचार सम्प्रेषन गर्दा सम्वेदनशील हुनका लागि आग्रह गरेको छ।

शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषन गर्दा सम्वेदनशील हुन आग्रह गरेका हुन्।

केबलकार परियोजना र नो केबलकार समुहबीच भैरहेको पछिल्लो घटनाक्रमको समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति महासंघको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा भनिएको छ।

‘व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्वपूर्ण आधार हो। यो घटनाका सन्दर्भमा पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई आग्रह गर्दछ’, विज्ञप्तिमार्फत दाहालले भनेका छन्।

यस्तै कुनै पनि पक्षबाट यो या त्यो बहानामा पत्रकारमाथि दुब्र्यवहार गर्ने र अनावश्यक दबाब दिनेजस्ता हर्कत नगर्न पनि महासंघले सबै पक्षलाई आग्रह गरेको छ।

साथै महासंघले केबलकार परियोजना र नो केबलकार समूहबीच उत्पन्न विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ।

महासंघको विज्ञप्ति–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here