अवैध लागूऔषध सहित ६ जना पक्राउ

56

 

काठमाडौं ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १
किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार
बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख
५२३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपलिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा
करिब २१ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय अर्जुन
रूम्बा समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट

खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७५१७ नम्बरको बसमा
सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोक बस्ने ३० वर्षीय बिशाल श्रेष्ठलाई अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित आइतबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here