आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

49

 

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोनी साहिटीमा रहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि महराको स्क्रिन प्रिन्ट पसलमा आइतबार बिहान आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

जाजरकोट, बारेकोट गाउँपालिका-७ खारी बस्ने यज्ञ बहादुर महतराको घरमा आइतबार बिहान आगलागी हुँदा अन्नपात, भाँडावर्तन, काठपात लगायतका सरसामान जलेर नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका यज्ञ बहादुरलाई उपचारको लागि स्वास्थ्य चौकी सेफुखोला सक्ला पठाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here