सिन्धुपाल्चोककाे भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गयाे

62

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ।

आज बिहान साढे ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने।

यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ।

अरु विवरण आउन बाँकी छ। प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ।

शुक्रबार  विहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here