–हुकुमबहादुर सिंह
माओ चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएदेखि उहाँले पार्टीलाई साँँचो अर्थमा लेनिनवादी लाइनमा विकास गर्न सबै प्रकारका प्रयासहरू गर्नु भयो । पहिलेका गलत लाइनहरू, खासगरी वाङ्मिङ्को तेस्रो ‘वाम’ प्रभावले गर्दा पार्टीको काम गराइमा घेरै प्रकारका भड्कावहरू जन्मीएका थिए । एकपक्षीय बुझाइले गर्दा जनवादी केन्द्रीकृत कार्यसञ्चालनका कुनै पनि सही नर्मसहरू थिएनन् र दुई लाइन सङ्घर्ष पद्धति पुर्णरूपले गलत थियो । पार्टी क्याडरहरूको सम्लग्नता र तिनीहरूसितको सरसल्लाह, छलफलविना र प्लेनमहरू र अन्य वैठकहरूको आयोजनालाई छलयोजना (मेनीपुलेटिंग)द्धारा निर्णयहरू लिइएका थिए । दुई लाइन सङ्घर्षलाई खुलारूपले सञ्चालन गरिएका थिएनन् र पार्टीभित्र दृष्टिकोणको अर्को विचार राख्नेहरूका प्रतिनिधिहरूलाई हत्तोत्साहित गरिएका थिए र दण्डीत गरिएका थिए । कठमुल्लावादका कारणले गर्दा पनि मासलाइनको कार्यान्वयन थिएन । माओले यी सबै भडकावहरू सुधार्नका साथै उपयुक्त फोरमहरू र अंगहरूको निर्माण गर्न आवश्यक सबै प्रकारका प्रयासहरू गनु भयो । यो प्रक्रियामा माओले घेरै संगठनात्मक अवधारणाहरूलाई स्पष्ट पार्ने काम र विकास गर्ने पनि गर्नु भयो । उहाँले निम्न लिखित केही निस्चित गलत बुझाई जो अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा र केही हदसम्म स्तालिनको नेतृत्वमा सोभियत संघको कम्युनिष्ट पार्टी भित्र पनि हुर्किएका थिए, त्यसलाई सच्याउन पनि कोशिस गर्नु भयो ।
माओले यी सुधार गरिनु पर्ने र विकास गरिनु पर्ने अवधारणहरूमा प्रथम जनवादी केन्द्रीयता सम्वन्धी अवधारणा, दोस्रो पार्टीभित्र चल्ने दुई–लाइन सङ्घर्ष र तेस्रो मास लाइन थिए । यस लेखमा जनवादी केन्द्रीयता सम्वन्धी माओको अवधारणालाई संक्षिप्तमा लेख्ने काम गरिएको छ ।
जनवादी केन्द्रीयता सम्वन्धी अवधारणा एउटा महत्वपूण थियो, जसको सुधार गरिनु पर्ने र विकास गरिनु पर्ने आवश्यकता थियो । माओले पार्टीभित्रको साम्प्रदायिकता र नोकरशाही भड्कावहरूलाई सच्याउनका लागि गरिएका प्रयासहरूका वारेमा उहाँको अति महत्वपूर्ण जनवादी केन्द्रीयता सम्वन्धी कृतिमा वर्णन गरेको पाइन्छ । माओको जनवादी केन्द्रीयताको बुझाई स्प्ष्टतापुर्वक ‘पहिलो जनवाद, अनि केन्द्रीयता’ हो । उहाँले यसलाई धेरै तरिकाले वर्णन गरेको पाइन्छ र उहाँले भन्नु भएको छ–‘यदि त्यहाँ जनवाद छैन् भने त्यहाँ कुनै केन्दीयता हुन सक्दैन् ,’ ‘केन्द्रीयता भनेको जनवादको जगमाथि बनाइएको केन्द्रीयता हो । फराकिलो जनवादी आधार सहीतको सर्वहारा केन्द्रीयता ।’ माओको यो विचार उहाँको यो बुझाइमा आधारित थियो कि केन्दीयताको अर्थ सवभन्दा पहिलो सही विचारहरूको केन्द्रीकरण हो । यसलाई लिनका लागि सबै कमरेडहरूका निम्ति उनीहरूका विचारहरू र व्यक्त धारणाहरू र यसलाई उनीहरू भित्र विर्को लगाएर नराख्न आवश्यक थियो । यो त्यसवेला मात्रै सम्भव हुन सक्थ्यो जब त्यहाँ पूर्ण सम्भावित जनवाद थियो जहाँ कमरेडहरूले तिनीहरू के भन्न चाहन्छन् भन्ने वर्णन गर्न स्वतन्त्र हुने छन् र उनीहरूका रिसलाई समेत थुक्न सक्ने छन् । त्यसकारण जनवाद विना अनुभव संश्लेषण गर्न असम्भव हुने छ । जनवाद विना, जनसमूहहरूबाट विचारहरू नआइकन, असल लाइनहरू, सिद्धान्तहरू, नीतिहरू अथवा तरिकाहरू निर्माण गर्न असम्भव छ । जे भएता पनि सही विचारहरूको केन्द्रीकरणको आधारमा सर्वहारा जनवादमा बुझाइमा एकता, नीतिमा एकता, योजना,कमाण्ड र कार्यमा एकता प्राप्त गर्न सम्भव छ ।
माओले जनवादी केन्द्रीयताको बुझाई केबल पार्टी कार्यमा मात्रै सिमित गरेको पाइदैन् । उहाँले यो बुझाइलाई समाजवादी अर्थतन्त्रको निर्माण गर्न र सर्वहारा राज्य सञ्चालनको प्रश्नसँग चौतर्फि विस्तार गरेको पाइन्छ । माओले महशुस गर्नु भएको थियो कि जनवादी केन्द्रीयता विना, सर्वहाराको अधिनायकत्वलाई एकतावद्ध गर्न सकिने छैन् । जनताका लागि व्यापक जनवादविना, सर्वहाराको अधिनायकत्वका लागि एकत्रित गर्न अथवा राजनीतिक शक्ति स्थिर हुनका लागि असम्भव थियो । जनवाद वीना, जनसमूहको उठान वीना र जनसमूहको सुपर भिजन वीना, प्रतिक्रयावादीहरू र खराब तत्वहरूमथि प्रभावकारी अधिनायकत्व अभ्यास गर्न र तिनीहरूलाई प्रभावकारी रूपले नयाँ रूप दिनका लागि असम्भव हुने थियो । माओले यी अवलोकनहरू सोभियत संघमा नवसंशोधनवादको उदयपछि निर्माणगर्दै हुनुहुन्थ्यो र देख्नु भएको थियो कि जनसमूहलाई सर्वहारावर्गको अधिनायकत्वको अभ्यास गर्नका लागि परिचालन गरिएको थिएन् । उहाँले चीनीयाँ कम्युनिष्ट पार्टीको उच्च तहहरूमा संशोधनवादी प्रवृतिहरूको उदय भएको पनि देख्नु भयो र मान्यता गर्नु भयो कि यस्ता प्रवृतिहरूबाट एकमात्र सुरक्षा गर्ने भनेको जनसमूह र तल्लो तहका क्याडरहरूको पहल र सतर्कता नै थियो ।
यसरी १९६२को जनवरीमा माओले भन्नु भएको थियो, ‘जवसम्म हामीले जनताको जनवाद र अन्तर–पार्टी जनवादलाई पूर्णरूपले प्रवद्र्धन गर्दैनौ र जवसम्म हामीले सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गरिदैन्, चीनका लागि साँचो सर्वहारा जनवाद हुन असम्भव हुनेछ । जनवादको उच्चता विना केन्द्रीयताको उच्चता असम्भव छ र केन्द्रीयताको उच्चता वीना समाजवादी अर्थतन्त्र स्थापना असम्भव छ । र यदि हामी समाजवादी अर्थतन्त्र स्थापना गर्न असफल हुन्छौ भने हाम्रो देशको लागि के हुने छ रु यो एउटा संशोधनवादी राज्यमा परिवर्तन हुने छ, वास्तवमा एउटा नयाँ पुँजीवादी राज्य, र सर्वहाराको अधिनायकत्व पुँजीपतिको अधिनायकत्व र त्यसमा एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने छ । यो एउटा प्रश्न हो, जुन धेरै मात्रामा हाम्रो सचेतता प्रमाणित गर्दछ, म आशा गर्दछु हाम्रा कमरेडहरूले यसलाई एउटा असल सोंचको कार्यक्रम दिने छन् ।’ यसरी माओको जनवादी केन्द्रीयता सम्वन्धी अवधारणावारेको बुझाई अति आवश्यक छ । जनधारणा साप्ताहिकबाट


















