नेकपा एमालेको मुख्यालयमा शिक्षक महासंघले दिए धर्ना

53

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ।

महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत  दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन्।

महासंघको टोली हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो।

महासंघले चैत १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाइएको छ।

शिक्षकहरूले गत शनिबार काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here