सिमकोटमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्रीे ओली

24

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने जनाएका छन् ।

ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका छन् ।

“हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ ।

यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा  लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here