भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप दिने

155

काठमाडौं । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको छ । आज नेपाल र भारतले संयुक्त पत्रकार सम्मेलन गरी खोप हस्तान्तरण हुने भएको छ । नेपालले शुरुमा उपहार स्वरुप खोप पाउने बुझिएको छ ।

भारतका प्रधानमन्त्री विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप उपहारस्वरुप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । अनुदानस्वरुपको खोप आएपछि नेपालले थप डोजका लागि अनुदान र सहुलियत मूल्यमा पाउने भएको बुझिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रराष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको ट्वीटरमार्फत् जानकारी दिएका छन् । उनले भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले मानवताका आधारमा भ्याक्सिन प्रदान गर्ने प्रतिवद्धतास्वरुप ७ माघबाट उपलब्ध गराउन लागेको जानकारी गराए । उनले ट्वीटमार्फत् यसको जानकारी गराएका हुन् ।

यसैगरी भारतको विदेश मन्त्रालयले हिजो साँझ विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची समेत प्रकाशित गरेका छन् । जसमा पहिलो नम्बरमा भुटान, दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको छ । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिने जनाएको छ ।

भारतमा अक्सफोर्ड एस्ट्रेजेनेकाको भ्याक्सिन पुणेस्थित सेरम इन्टिच्युटले उत्पादन गरेको छ । भारतमा खोपको प्रयोग शुरु भइसकेको छ । लगत्तै उसले मित्रराष्ट्रहरुलाई सहयोगस्वरुप प्रदान गर्न लागेको हो ।

भारत बायोटेकको स्थानीय उत्पादन कोभ्याक्सिन पनि प्रयोगमा ल्याएको छ । भारतले विश्वकै सबैभन्दा ठुलो खोप अभियान चलाएको विषय सँसारभर चर्चाको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here