धनुषामा चोकको नामाकरण लिएर दुई समूहबीच विवाद

52

जनकपुर । धनुषाको सबैला नगरपालिकामा चोकको नामाकरणको विषयलाई लिएर दुई समूहबीच विवाद बढेपछि प्रहरीले गोली चलाएको छ। झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

घटना सबैला नगरपालिका-९, भठिहनस्थित चोकको नाम राख्ने विषयमा स्थानियबासी दुई समूहबीच मतभेद हुँदा विवादले उग्ररूप लिएको थियो। झडप नियन्त्रण गर्न खोज्दा स्थिति अझ तनावग्रस्त बनेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार गोली लागेर घाइते भएका व्यक्ति सबैला नगरपालिकाका सन्तोष यादव हुन्। मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाका अनुसार यादवको कम्मरमुनी गोली लागेको छ र उनको अवस्था गम्भीर रहेको छ।

घाइतेलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा आएको बताएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here