थवाङको निर्वाचनमा विप्लवको सहभागितापछिका कारणबारे

158

हुकुमबहादुर सिंह

रोल्पाको थवाङ आजसम्म हरेक समय क्रान्तिकारी कम्युनिष्टहरूको एउटा अभेद्य किल्ला बन्दै आएको थियो । अब संसदीय राजनीतिक दलका लागि एउटा उर्वराभूमि बन्ने सम्भावना बलियो देखिएको छ । हरेक आन्दोलन र निर्वाचनमा समेत सधैंभरि सरकारविरुद्ध उभिँदै आएको थवाङ, यो पटकको निर्वाचनपछिबाट सरकार पक्षको दलसित हातेमाले गरेको देखिएको छ । थवाङलाई यो अवस्थामा ल्याउनका लागि विप्लवको राजनीतिको नकारात्मक भूमिका रहन गएको प्रतीत हुन्छ । विप्लवको पार्टीले माओवादी केन्द्रका लागि स्थानीय निर्वाचन हारेको छ र माओवादी केन्द्रले जितेको छ । थवाङ, जो स्थानीय निर्वाचनमा चर्चाको शिखरमा थियो अब त्यो एउटा सामान्य गाउ‘ विकासको नारामा बहकिन बाध्य बनाइएको छ । संसदीय व्यवस्थामा थवाङले विकासमा कति फड्को मार्ने हो, हेर्न बाँकी छ । तैपनि थवाङजस्तै कम्युनिष्टहरूको गढ मानिने प्युठानी जनता पनि राजनीतिभन्दा अब विकासलाई मूल एजेण्डा बनाएका छन् भन्ने कुरा नेपालको कम्युनष्ट आन्दोलनमा आफ्नो जीवनको करीब आठदशक पार गरेका ८३ वर्षीय जेठा कम्युनिष्ट नेता तथा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहका निम्न भनाइहरू सान्दर्भिक छन्, ‘गाउ‘ तहमा विकासको नेतृत्व गर्न चुनाव जित्नै पर्ने भएको हो । एउटा वडा जित्न सक्ने खालको छ भने पनि त्यहॉ केन्द्रीय नेताहरू खटेर लाग्ने गरेका छौं ।’ यसले स्पष्ट पार्न मद्दत गर्दछ, ‘जसरी पनि चुनाव जित्नै पर्ने छ ।’ चुनावसम्बन्धी मोहनविक्रम सिंहको यस्तो गैरमाक्र्सवादी चीन्तन त विप्लवमा प्रकट रूपमा अभिव्यक्त भएन तर उनीबाट त्यहाँ वर्तमान सरकारका गृहमन्त्रीसित केही आन्तरिक समझदारी त भएन ? शंका उठ्ने अवस्था आएका छन् । एउटा तर्क के उठेको छ भने वर्तमान गृहमन्त्री जो माओवादी केन्द्रका नेता र प्रचण्डका विश्वासपात्र पनि मानिन्छन् र विगतको मन्त्रीमण्डलमा उनी मात्रै त्यस्ता मन्त्री देखिएका थिए जसले केही शदमा जनताका लागि राहत दिने काम गरेका थिए–कम्तीमा पनि काठमाडौंलाई अन्धकार मुक्त बनाएर देखाउन सफल भएका थिए ।
विप्लव जसको राजनीतिको एउटा पाटो सत्ता÷सरकारमा साझेदारिता पनि हो, त्यसको रणनीतिलाई वर्तमान गृहमन्त्रीले रोल्पामा क्यास गरे भनिन्छ । विप्लवको एकीकृत जनक्रान्तिको सिद्धान्त जो पार्टीभित्र केबल विप्लवले मात्रै परिस्थितिलाई हेरेर त्यस्को व्याख्या गर्न सक्छन्, एउटा प्रयोग यो स्थानीय निर्वाचनमा भएको हुन् सक्छ भनेर अड्कल काटनेहरूको बलियो जमात देखिएको छ । विप्लवको करीब दुई सय कार्यकर्ता बहिष्कार आन्दोलनका क्रममा विभिन्न कार्यगरेबापत जेलमा थिए । तिनलाई छुटाउने रणनीति यो थवाङ पनि हुन सक्दथ्यो । गृहमन्त्रीले ती कार्यकर्ता रिहा गर्नका लागि नेपालको कुनै ठाउँमा उसले स्थानीय निर्वाचनमा भाग लिनु पर्दथ्यो र त्यो उपयुक्त ठाउँ थवाङ हुन सक्दथ्यो । फेगि गृहमन्त्रीका लागि त्यतिमात्रै काफी थिएन । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेससित विप्लवको चुनावी तालमेल पनि आवश्यक थियो । गृहमन्त्री त्यसमा पूरापूरै सफल देखिएका छन् । आफ्नो पार्टी–माओवादी केन्द्रले थवाङमा चुनाव जितेको छ । विप्लवका कार्यकर्ता रिहा गर्नका लागि उनलाई कसैले अब अवरोध गर्न सक्दैन । किनभने कांग्रेससित विप्लवको चुनावी तालमेल छ । यसरी गृहमन्त्रीले एकैपटक धेरै काम गरेका छन् । विप्लवको राजनीतिको नकारात्मक पाटोलाई जनताको बीचमा स्पष्ट पार्ने काम गरेका छन् । नेपाली कांग्रेस जसले विप्लवलाई बहिष्कारवादीको आँखाले हेर्दथ्यो, अब उसका लागि चुनावी मित्र बन्न गएको छ । यसरी जनताको नजरमा विप्लव अब क्रान्तिकारी नभई एउटा रहस्यमयी नेता बन्न गएका छन् । विप्लवका कार्यकर्ता भएर जेल गएका माओवादीहरू रिहा गरिएका छन्, यदि नभए पनि अब उनीहरूलाई थुन्नुपर्ने कुनै कारण देखिँदैन । हुन त थवाङको निर्वाचनमा विप्लवको सहभागिता पछिका विभिन्न कारणवारे विभिन्न कोणबाट सही र तथ्यगत कुराहरू अवस्य पनि बाहिर आउने नै छन् । तैपनि यो एउटा संक्षिप्त दृष्टिकोणले तिनलाई बाहिर ल्याउन एउटा केटालिष्टको भूमिका खेल्ने छ भन्ने आशा गरिएको छ । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here