काठमाडौं/ शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै बधाई दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतालाई फेरि दुःख दिने मनशाय देखाएका छन् । मोदी नेपाललाई खाना पकाउने एलपीजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने नेपाल सरकारको योजनामा रोक लगाउने नीति अपनाएका छन् ।
नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न नेपाल पक्षले अनुमति मागे पनि भारतले अनुमति नदिएपछि ग्यास आयातमा नेपाल भारत निर्भर भइरहनु पर्ने अवस्था देखिएको छ ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालनका लागि मार्ग प्रशस्त गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि स्वराजले महराको प्रस्ताव घुमाउरो पाराले अस्वीकार गरेपछि नेपालमाथि भारतीय नाकाबन्दीको नीतिमा परिवर्तन नआएको स्पष्ट भएको छ ।

















