अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने

22

काठमाडौं । अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो ।

भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ ।

“अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।” दूतावासले भनेको छ ।

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीमाथि कडाइ गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here