पाटन अस्पतालबाट थुनुवा भाग्याे

41

काठमाडौं । बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन्।

अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन्।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो। ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन्। उनको खोजी तीव्र पारिएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन्। साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here