काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार गत शनिबार टेकु दोभानमा अन्त्येष्टि गरिएको छ ।
धर्मपत्नी तेजमाया र भाई बलराम डङ्गोलले पार्थिव शरीरमा दागबत्ती दिएका थिए । अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति जनाएकाे थियो ।
अन्त्येष्टि अघि उनको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो । त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराल र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिइन् ।


















