कांग्रेसले आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने

37
नेका संसदीय दलको बैठक काठमाडौँ, २० वैशाखः सङ्घीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागीहरु । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको हो।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए।

बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताएका छन् ।

बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उनले जनाए।

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here