अभिनेता विपिन कार्की एक भर्सटाइल अभिनेता

24

काठमाडौं । अभिनेता विपिन कार्की एक भर्सटाइल अभिनेता हुन् । उनले जस्तो पनि भूमिकालाई गहिराईबाट बुझ्छन् र त्यसमा ढल्ने प्रयास गर्छन् । धेरै हदसम्म उनी सफल पनि हुन्छन् । उनले निर्वाह गरेका विभिन्न भूमिकाहरुमा केहि न केहि विशेषता पाइन्छ । उत्साहजनक प्रदर्शन भैरहेको ‘ऊनको स्वीटर’ मा उनले निर्वाह गरेको धरणीधरको भूमिका यसकै ताजा उदाहरण हो ।

त्यसो त अहिले विपिन निक स्लिम देखिएका छन् । उनलाई स्लिम देखेर अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला पनि छक्क परेकी छिन् । उनले विपिनलाई स्लिम देखेपछि अब धेरै नदुब्लाउन सल्लाहसमेत दिएकी छिन् । दिपाले अभिनेता कार्कीलाई ‘अर्को फिल्मको तयारी होला, तर धेरै नदुब्लाउन है भन्दै’ सल्लाह दिएकी हुन् । विपिनले पनि निर्देशक निरौलाको सल्लाहलाई स्वीकार गर्दै ‘हजुरले भनेको कुरा आत्मसात गर्छु’ भन्ने जवाफ दिएका छन् ।

यद्यफि दिपाले सल्लाहसँगै गरेको प्रश्नले भने विपिन झसंग भएका छन् । दिपाले विपिनलाई यसरी दुब्लाउनुको कारण कुनै रोग त लागेको होइन नि ? भन्दा विपिन पहिला त सामान्य शैलीमा छैन–छैन, त्यस्तो केहि छैन भनेका थिए । तरपछि भने अभिनेता कार्कीले ‘त्यस्तो नभन्नु न हो, आम्मा…’ भन्दै हिँडेका छन् ।

विपिन दिपाबाट टाढा जान त खोजे तर उनलाई वास्तवमै त्यहाँबाट अर्को ठाउँमा पुग्ने हतार थियो कि दिपाले पुनः अर्को प्रश्न सोध्लिन् भन्ने कुराको डरले हो, त्यो भने विपिनलाई नै थाहा होला तर विपिन भने दिपाले अझै कुरा गर्न खोज्दा– खोज्दै हिँडेका चाहिँ पक्कै हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here