नेप्से करिब साढे ८ अंककले घट्याे

22

काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब साढे ८ अंककले घटेको छ । आज नेप्से ८.४१ अंककले घटेर परिसूचक २६११.८५ विन्दुमा आएको हो ।

आज बजार बन्द हुँदा नेप्से ०.३२ प्रतिशतले घटेसँगै कारोबार रकम पनि घटेको छ । ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २३ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ ।

८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२० वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ४९३ पटक शेयर किनबेच भएको छ ।

१३ मध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । होटल तथा पर्यटन ४.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.२९ प्रतिशतले र ट्रेडिङ समूह ०.७० प्रतिशतले बढेको छ ।  यस्तै  बसैभन्दा बढी विकास बैंक समूह २.१२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०४ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here