आईएससी महासचिव एकनाथ ढकाल र आईपीयू महासचिव मार्टिन चुंगोंबीच भेटवार्ता

26

काठमाडौं । अन्तर-संसदीय सभापतिहरूको सम्मेलन (ISC) का महासचिव एकनाथ ढकाल र अन्तर-संसदीय संघ (IPU) का महासचिव माननीय मार्टिन चुंगोंबीच बुधबार जेनेभास्थित IPU मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्तामा ISC र IPU बीचको बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको थियो।

भेटवार्ताका क्रममा महासचिव ढकाले IPU मा नेपालले देखाएको सक्रिय सहभागिताको चर्चा गर्दै महासचिव चुंगोंलाई सफल नेतृत्वको लागि बधाई दिएका थिए भने सभामुख देवराज घिमिरेको तर्फबाट शुभेच्छा समेत व्यक्त गरेका थिए। जवाफस्वरूप IPU महासचिव चुंगोंले पनि सभामुख घिमिरेप्रति शुभकामना प्रकट गर्दै ढकाललाई ISC को महासचिवमा नियुक्त भएकोमा बधाई ज्ञापन गरे र IPU को विभिन्न समितिहरूमा नेपालको पछिल्लो सफल भूमिकाको सराहना गरेका थिए।

संघीय संसद प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्यसमेत रहेका महासचिव ढकाल IPU नेतृत्वसँग उच्चस्तरीय छलफलका लागि दुईदिने स्विट्जरल्याण्ड भ्रमणमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here