बेलायतद्वारा चागोस टापुहरू मौरिससलाई हस्तान्तरण

32
FILE - This image realeased by the U.S. Navy shows an aerial view of Diego Garcia. (U.S. Navy via AP, File)

एजेन्सी । बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ।यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशबिच हस्ताक्षर भएको छ।

चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया बेलायत–अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक आधार हो।

बेलायतले यो कदमले सुरक्षाको लागि महत्त्वपूर्ण अमेरिकी–ब्रिटिश सैन्य अड्डाहरूको भविष्य सुनिश्चित गर्ने बताएको छ।

यही कारणले गर्दा डिएगो गार्सिया अझै पनि बेलायत र अमेरिकाको नियन्त्रणमा रहनेछ। यो टापु धेरै वर्षसम्म बेलायती कब्जामा थियो। यस विषयमा दुई देशबिच लामो समयदेखि वार्ता भइरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here