काठमाडौं । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ।
बुटवल प्रहरीका डिएसपी इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमान ढकालको हत्या भएको हो।
प्रहरीले हत्या अभियोगमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालेको जानकारी पनि दिएको छ। उनीहरू तीनैजनाको घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरू तीनैजनालाई कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको खुलेको छ। दीपा स्वास्थ्यकर्मी थिइन् भने उनले सुजनसँग सम्बन्धविच्छेद गरेपछि दोस्रो विवाह गरेकी प्रहरीले जानकारी दिएको छ।
दीपासँगै हत्या गरिएका दुई बालिका उनका पछिल्लो पतितर्फका हुन्। सुजन यसअघि आफ्नै दाजुको हत्या गरी जेल परेका थिए।


















