बागमती पत्रकारिता पुरस्कारबाट कुमार रञ्जित सम्मानित

42

हेटौंडा ।  करिब  ३ दशकदेखि आदिबासी जनजाति समुदायको पक्षमा कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार कुमार भक्त रञ्जितकार बागमती पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहमा पत्रकार रञ्जितकारलाई नगद रु. २५,००० सहित ‘बागमती पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

बरिष्ठ पत्रकार कुमार रञ्जितकारले २०४८ सालदेखि नेपालभाषाकाे न्हूगु बिश्वभूमिबाट पत्रकारिता क्षेत्रमा कलम चलाएका थिए । उनी  मातृभाषा तथा अन्य भाषाका माध्यमबाट  आवाजविहीन समुदायको आवाज बुलन्द बनाउँदै आउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारले उहाँलाई सम्मान गरेको हो।

हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य, मुख्यमन्त्री बहादुर सिंह लामाको सभापतित्व र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेको उपस्थितिमा पत्रकार रञ्जितलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here