राजावादीको आन्दोलनबारे समिक्षा बैठक भाँडियो

23

काठमाडौं ।  राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ ।

बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो ।

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थिति जनाएका थिए ।  तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नाराबाजी गरेका थिए ।

बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नाराबाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए ।  त्यसपछि संयोजक सुवेदीले पहिलो चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिट्टै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिबद्धता जनाए ।

सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here