कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति

29

काठमाडौं । लामो समयदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक सुचारु गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले २ बुँदे सहमतिमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।

सहमतिको पहिलोबुँदामा यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने साथै विगतदेखि भिजिट भिसा अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको कानूनी, नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख छ।

दुई ठूला दलबीचको सहमतिमा रास्वपाका लागि भने हस्ताक्षरका लागि ठाउँ छाडिएको छ तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान छाडेको छैन।

यस्तो छ दुई बुँदे सहमति :

download-(13)-1749810735.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here