काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राप्रपा र रास्वपाले निरन्तर संसद अवरोध गर्दै आएका छन्।
सोमबारको बैठकमा पनि राप्रपाले बोलेर संसद् बहिष्कार गरेको छ भने रास्वपाले बेल घेराउ गरेको छ।
यता, बेल घेराउ जारी रहँदा पनि सभामुख देवराज घिमिरेले संसद्को काम कारवाही अगाडि बढाइरहेका छन्।


















