काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।
आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।
उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।


















