काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा संसदमा निलो रिबन प्रदर्शन गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
सो कार्यसूचीमा भाग लिन प्रधानमन्त्री ओली बैठकमा पुगेका थिए । तर रास्वपा र राप्रपाका सांसदले सधैँजसो उठेर विरोध जनाए । यसअघि गत मंगलबार निलो रिबन लगाएर पुगेका रास्वपाका सांसदले संसद चल्ने समयसम्म बैठकभित्रै विराेध जनाएका थिए । उनीहरुले आज पनि आफूहरुको विरोधका बिच प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको भन्दै निलो रिबन लगाएर पुगेका थिए । तर सभामुखले उनीहरुको विरोधका बिच संसद चलाउन खोजेपछि उनीहरुले आफूले लगाएको निलो रिबन घाँटीबाट निकालेर सभामुखतर्फ प्रदर्शन गरेका थिए । निलो रिबन मानव तस्करीविरुद्धको सांकेतिक विरोधका रुपमा लिने गरिन्छ ।
जेठ १३ गतेयता रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समिति बनाएर छानबिन हुनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायत माग राख्दै आएका छन् ।


















