मृत अवस्थामा फेला

30

काठमाडौं । मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २७ वर्षीय लालाहाङ लिम्बु सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, विजयनगर गाउँपालिका-१ विरनगरस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, अरूण गाउँपालिका-७ बस्ने २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रूपटारस्थित खेतबारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सिराहा, मिर्चैया नगरपालिका-३ सिस्वनी टोलस्थित उखु खेतीको आलीमा हाल नाम, थर र वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका-१७ बेलभारमा डेरा गरी बस्ने रोल्पा सुनिल स्मृती गाउँपालिका-४ घर भएका ४५ वर्षीया हरिकला बिष्ट आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here