कपिलवस्तु । कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा देवा दिप्त प्रताव शाहले संचालन गरेको शाह फिलिङ सेन्टर (पेट्रोल पम्प) को काउन्टरबाट नगद करिब १ लाख ९१ हजार रूपैयाँ मंगलबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















