प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी

23

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ।

बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिनेसहितका कार्यसूची तय भएका छन्।

बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची पनि राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here