अब चलचित्र घर सञ्चालक मुक्त हुने

30

काठमाडौं । नेपाली चलचित्रको टिकट बेचेर निर्माता तथा वितरकलाई हल सञ्चालकले ठग्ने गरेका छन् भन्ने आरोपबाट अब चलचित्र घर सञ्चालक मुक्त हुने भएका छन् । किन भने निर्माताले मोबाइल, कम्प्युटर तथा ल्यापटपबाटै आफ्नो चलचित्रको व्यापार हेर्न जहाँ बसेर पनि हेर्न मिल्ने एपलाई यति बेला चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

यसै साताबाट बोर्डको ‘रियल टाइम बक्स अफिस प्रणाली’ औपचारिक रूपमा लागू भएको छ । अहिले एप पनि सार्वजनिक गरिएको छ । यो सार्वजनिक भएसँगै अब रिलिज भएको आफ्नो चलचित्रको सबै हिसाब किताब एप बाटै निर्माताले हेर्न पाउने भएका छन् ।

चलचित्र विकास बोर्डले रियल टाइम बक्स अफिस प्रणालीको परीक्षण गत जेठबाटै गरेको थियो । बोर्डको २५ औँ वार्षिक उत्सवको अवसर पारेर १६ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौँमा एक समारोहबिच रिलिज टाइम बक्स अफिस प्रणालीको औपचारिक उद्घाटन गरे ।

यसै बिच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रियल टाइम बक्स अफिसको व्यापार जहाँ बसेर पनि सम्बन्धित निर्माताले हेर्न मिल्ने गरी यसको एप पनि सार्वजनिक गरेका छन् ।

‘बक्स अफिस एट्दरेट सिनेपाः’ नामको यो बक्स अफिस एपको लोगो आफ्नो सामाजिक सञ्जालमा बुधवार बोर्ड अध्यक्ष डिसीले सार्वजनिक गरेका हुन् । अब यो एपबाट रिलिज भएको अवस्थामा आफ्नो चलचित्रको व्यापार निर्माताले हेर्न पाउने उनले बताएका छन् ।

एप सार्वजनिक गर्दै अध्यक्ष दिनेश डिसीले भनेका छन्,‘ नेपाली चलचित्र क्षेत्रमा बर्षौँ देखि वितरक, प्रदर्शक, निर्माता, दर्शक र सरकार समेत चलचित्रको वास्तविक कमाइमा भ्रमित रहेको अवस्थाको अब अन्त्य भएको छ । रियल टाइम संयुक्त रिपोर्ट अब सम्बन्धितले बक्स अफिस एट्दरेट सिनेपाः मार्फत जहाँ जहिले जतिखेर पनि आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाइलमा हेर्न सकिने भएको छ ।’

गत महिनासम्म पनि सम्बन्धित चलचित्रका निर्माताहरुले आफ्नो चलचित्रको व्यापार वास्तविकता भन्दा बढाएर भन्ने गरेका थिए । जसका कारण दर्शकदेखि आम चलचित्रकर्मी समेत भ्रममा पर्दै आएका थिए । अब भने हरेका चलचित्रको हरेक सो को हिसाब किताब पारदर्शी हुने गरेको पनि बोर्ड अध्यक्ष डिसीले बताएका छन् । बोर्ड अध्यक्ष भएपछि ६ महिना भित्र रिलिज टाइम बक्स अफिस लगाउने घोषणा गरेका दिनेश डिसीले ८ महिना लगाएर भए पनि यो प्रणालीलाई सफल बनाएका छन् ।

विगतमा दर्शकले चलचित्र घरमा टिकट काट्दा त्यसको हिसाब बक्स अफिस प्रणालीमा एक घण्टा पछि मात्र देखिन्थ्यो । जसका कारण टिकट बिक्रीको संख्यासँगै रकम हिनामिना हुने गरेको गुनासो निर्माताहरूको थियो । अब त्यस्तै हुँदैन । रियल टाइम बक्स अफिस प्रणाली लागू भएपछि अब मुलुक भरका चलचित्र घरमा टिकट काट्नासाथ चलचित्र बक्स अफिसको केन्द्रीय सर्भरमा सो टिकटको विवरण र रकम तत्कालै दर्ता हुने बोर्ड अध्यक्ष डिसीले जानकारी गराएका छन् ।

अब सम्बन्धित चलचित्रको मुख्य व्यक्तिले आफ्नो चलचित्र रिलिज भएपछि ‘बक्स अफिस एट्दरेट सिनेपाः’ एपमा आफ्नो पासवर्ड राखेर आफ्नो चलचित्रको पल पलको व्यापार हेर्न सक्छन् । सो चलचित्रका सम्बन्धित अधिकार प्राप्त व्यक्तिलाई आफ्नो चलचित्रको मात्र व्यापार हेर्न मिल्ने पासवर्ड बोर्डले उपलब्ध गराउन थालेको पनि अध्यक्ष डिसीले जानकारी गराएका छन् ।

यो एप आएसँगै निर्माता तथा वितरकलाई आफ्नो चलचित्रको रियल टाइम व्यापार’bout तत्कालै जानकारी हुने भएको छ । जसबाट निर्माता तथा वितरकले वास्तविक व्यापारको सूचना सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सार्वजनिक गर्नेछन् भन्ने विश्वास आफूले लिएको पनि अध्यक्ष डिसीको कथन छ ।

मुलुक भर सञ्चालनमा रहेका १६० वटा चलचित्र घरमा रियल टाइम बक्स अफिस प्रणाली जडान भइसकेको छ । पछिल्लो समय बक्स अफिस प्रणालीमा जोडिने तयारीमा रहेको आधा दर्जन चलचित्र घरमा पनि चाँडै नै यो प्रणाली लागू हुने भएको छ ।

अब ‘बक्स अफिस एट्दरेट सिनेपाः’ एप बाटै निर्माताले आफ्नो चलचित्रको स्वदेशी बजारमा भएको व्यापारको घाटा नाफा’bout जानकारी राख्न सक्ने छन् । चलचित्र विकास बोर्डले पनि बेला बेलामा अब नेपाली चलचित्रको व्यापारको अवस्था सार्वजनिक गर्ने भएको छ ।

दिनेश डिसी अध्यक्ष भएपछि गत चैत अन्तिममा उनले एक वर्षको बक्स अफिस परिणाम सार्वजनिक गरेका थिए । त्यसपछि नेपाली चलचित्रको थप तीन महिनाको बक्स अफिस व्यापारिक अवस्था पनि बोर्डले यसै साता सार्वजनिक ग¥यो । रियल टाइम बक्स अफिसको परीक्षण सफल भएसँगै यो नेपालमा यसै साताबाट औपचारिक रूपमा लागू भएकाले अब नेपालका चलचित्र घरमा रिलिज स्वदेशी एवम् विदेशी सबै प्रकारका चलचित्रको व्यापार पारदर्शी हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here