एनआईसी एशिया बैंक र सेल्सबेरीबीच विशेष छुट दिने सम्झौता

201

काठमाडौं । एनआईसी एशिया बैंक र सेल्सबेरीबीच सेलवेज डिपार्टमेन्ट स्टोरमा क्युआर कोड प्रयोग गरी सामान खरिद गर्ने ग्राहकलाई बिशेष छुट दिने सम्झौता भएको छ । बैंकको मोबाइल एप प्रयोग गरी क्युआर कोडमार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका हुन् । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने बैंकले जनाएको छ । अफर असोज पहिलो हप्तादेखि छठसम्म लागु हुने जनाईएको छ ।

हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here