काठमाडौं । नेपालभाषा उत्थानका लागि शशीदेवी प्राेत्साहन स्वरूप दिइने पुरस्कार प्रदान
बि.ए. तहमा नेपालभाषा अध्ययनत विध्यार्थीहरूका प्राेत्साहन स्वरूप स्व शशिदेवी बज्राचार्य मदनसेन बज्रार्चायका धर्मपत्नीकाे नाम दिदै आईरहेकाे शशिदेवी प्राेत्साहन पुरस्कार त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका बिएका विध्यार्थीहरु र सिद्धि विलास छात्रवृति पदम कन्या बहुमुखी क्याम्पस विएका विध्यार्थीहरुलाई हस्तान्तरण असार २१ गते शनिवार नेपाल आदर्श मा. वि. काे हलमा एक कार्यक्रमकाे आयाेजना गरि प्रदान गरिएकाे छ ।
आदिवासी नेवाः राजनीतिक अभियान नेपालभाषा शिक्षा शाखाका संयाेजक विष्णु चित्रकारकाे सभापतित्वमा सभापतित्वमा सुरु भएकाे कार्यक्रममा बागमती प्रदेशका सभासद् भएकाे कार्यक्रममा शैलेन्द्र मान बज्राचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गोर्की श्रेष्ठले स्वागत मन्तव्य राखेकाे थियाे ।
कार्यक्रममा प्रमाणपत्र प्रमुख अतिथी शैलेन्द्र मान बज्राचार्यले हस्तातरण गरिएकाे थियाे भने दाता मदनसेन बज्राचार्य र सरस्वती बजाचार्यले हस्तातरणका साथै भगवान् बुद्धकाे मूर्ति एक-एक वटा पनि प्रदान गरिएकाे थियाे ।
प्रमुख अतिथि शैलेन्द्रमान बज्राचार्य, प्रा. प्रेमशान्ति तुलाधर, सहप्राध्यापक डा. कार्यक्रममा प्रेमहिरा तुलाधर, खगेन्द्रमान जोशी, रवीन्द्रमान जोशी, सृजनमान श्रेष्ठ, अध्यक्ष विष्णु चित्रकारले मन्तव्य राखेका थिए । शशिदेवी प्राेत्साहन पुरस्कार दाता मदनसेन बज्राचार्यले पुरस्कार र छात्रवृत्तिको बारेमा जानकारी गराए ।
कार्यक्रममा सिद्धिविलास छात्रवृत्ति पद्मकन्या क्याम्पसका एन्जल डंगोल, रविना खड्गी, अञ्जला मानन्धर, राजस्थान षष्ठाराचार्य र सेप्यलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो । बज्राचार्य, हिना खड्गी, अञ्जना बज्राचार्य, सानुमैया बज्राचार्य र चाँदनी अमात्यलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यसैगरी रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीलाई शशिदेवी प्राेत्साहन पुरस्कार प्रदान गरिएको थियो । नेपालभाषामा उत्कृष्ट ल्याएका शिवराम मुनिकर, सुरज तण्डुकार, सुस्मिता राजबाहक, सोमी डंगोल, सुगन्धराज राजकर्णिकार, सुनिल महर्जन, सृजनमान श्रेष्ठ, चन्ता मुनिकर र लजना महर्जनलाई प्रदान गरिएको थियो ।
साे कार्यक्रमको प्रमुख अतिथि सिए सदस्य शैलेन्द्रमान बज्राचार्यले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।


















