काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सिंहलाई औपचारिक रुपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
प्रतियोगिताका लागि तयारी प्रक्रिया चाँडै सुरु हुने छ।


















