ऋषि धमलालाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने

24

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई यस वर्षको प्रतिष्ठित ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने भएको छ ।

यही जुलाई २७ मा अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजना गरिने विशेष समारोहमा यो अवार्ड प्रदान गरिने भएको हो । पत्रकारबाट यो अवार्ड ऋषि धमलालाई प्रदान गरिने भएको हो ।

यस्तै, राजनीतिज्ञबाट राप्रपाका सांसद ज्ञानबहादुर शाही, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, गायिका आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेखक तथा समाजसेवी पासाङ शेर्पा, अध्यागमन अधिवक्ता केशवराज सेडाईं, अमेरिकामा रहेर व्यवसाय गर्दै आएका पासाङ लामा र संस्थातर्फ ‘अधिकार’ नामको एक संस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here