सप्तरी । राजगढ गाउँपालिका- ४ जमुवा टोल बस्ने २२ वर्षीय मुकेश कुमार साहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नो आँगनमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















