हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक अवरुद्ध

16

हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं  सडक खण्ड अवरुद्ध बनेको हो ।

आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिराे पन्छाएर बाटो खुलाउने कार्य भइरहेकाे उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here