सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओबीसीआईको पक्षमा फैसला

23

काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ ।

कोभिड महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नीको भुक्तानी रोक्का गरी स्वास्थ्य सेवा विभागले कालोसूचीमा राख्न सिफारिस गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

विभागको यो निर्णयविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो । सोमबार न्यायाधीश मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले ओम्नीको पक्षमा रिट जारी गरेको हो ।

स्वास्थ्य सेवा विभागले कोरोना महामारी फैलिँदै गएपछि चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लटको सामान ल्याएपछि सम्झौताअनुसार थप सामान ल्याउन नसकेको, ल्याएको सामग्री कमसल खालको भएको भन्दै विभागले सम्झौता रद्ध गर्ने, बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

त्यसविरुद्ध ओम्नी ४० करोड क्षतिपूर्ति दाबी गर्दै अदालत गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here