‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरू

14
काठमाडाैं ।  राइड सेयरिङ प्लेटफर्म इनड्राइभ नेपालले दसैं–तिहार लक्षित ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरू गरेको छ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने उद्देश्यले प्लेटिनम ड्राइभर्स गिभअवे सुरू गरेको हो।

इनड्राइभले चालकहरूको संलग्नता र मेहनतलाई पुरस्कृत गर्ने उद्देश्यसहित यो अभियानमार्फत कामसँगै उपहार जित्ने वातावरण सिर्जना गरेको जनाएको छ। जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस इभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू छन्।

प्लेटिनम ड्राइभर्स गिभअवे भदौ ९ गतेदेखि १५ गतेसम्म र भदौ १६ देखि असोज ५ गते गरी दुई चरणमा आयोजना हुँदैछ।

जो चालकहरूले यो समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन् तिनिहरु विक्ली प्राइजका लागि योग्य हुने कम्पनीले बताएको छ। त्यस्तै, जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन् तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन्।

ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ। क्याम्पेनमा टाटा एक्सप्रेस–टी इभी, टिभिएस रेइडर मोटरसाइकल, तथा स्मार्टफोन, स्मार्टवाच र इयरबड्स राखिएको छ।

इनड्राइभ नेपालको सिनियर ड्राइभर अपरेसन म्यानेजर सुनिता जीमी राईले भनिन्, ‘हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन्। उनीहरूको कडा परिश्रमलाई सम्मान गर्न हामीले यसपटक अझ ठूलो र आकर्षक अभियान ल्याएका छौं। दशैं–तिहारलाई अझ उत्सवमय बनाउन यो मेगा गिभअवेले विशेष योगदान गर्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here