काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए ।


















