बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा गोली चल्याे

19

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सोमबारदेखि सुरु भएको प्रदर्शनमा अहिलेसम्म काठमाडाैंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो । ‌

मंगलबार पनि युवाहरू बिहानैदेखि देशभर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै संसद बिघटन हुनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here