काठमाडौं गत हप्ता भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृतकको संख्या ७२ पुगेको जानकारी दिएका हुन् ।
प्रदर्शनकारीबाट ५९ जना, कैदी बन्दी १० जना र सुरक्षाकर्मी ३ जना रहेको अर्यालले जनाए ।
मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय भएको अर्यालले जनाए ।
आन्दोलनका क्रममा घाइते भएकाको नि:शुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।
मुख्यसचिव अर्यालले युवा पुस्ताको माग अनुसारको काम गर्न निजामती प्रशासन तयार रहेको जनाए ।

















