अछाममा कैदी पक्राउ

21

अछाम । युवा पुस्ताको आन्दोलका क्रममा कैलाली कारागारबाट भागेका एक कैदी अछाममा सोमबार पक्राउ परेका छन् । व्यक्ति हत्यामा कैद सजाय भुक्तान गरिरहेका चौरपाटी गाउँपालिका –५ खातीगाउँ निवासी ३० वर्षीय प्रेम दमाईलाई प्रहरीले घरबाट पक्राउ गरेको हो ।

भदौ २४ गते कैलाली कारागारबाट भागेर आएर घरमा बसिहरहेको गोप्य सूचनाका आधारमा वैद्यनाथ प्रहरी चौकीबाट खटेर गएको प्रहरीले दमाईलाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । दमाई आफ्ना बुवाको हत्यामा संलग्न भएको भन्दै अदालतले कैद सजाय गरेको बताइएको छ ।

कारागारबाट भागेर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर मंगलसेन ल्याएर अछाम कारागारमा बुझाउने कार्य भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । युवा पुस्ताको आन्दोलनका क्रममा विभिन्न जिल्लाका कारागारबाट भागेका हालसम्म चार जना कैदीबन्दीलाई अछाम प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here