सुनसरी । कोशी गाउँपालिका-७ केराबारीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ३७ किलो ४५ ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त स्थानस्थित सडक पेटीमा वेवारिसे अवस्थामा रहेको १८ वटा बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















