जनकपुरधाम । महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मन्त्रीले जनाएको छ ।















