काठमाडौं । सिराहा, सुखीपुर नगरपालिका-६ बडहरी टोल बस्ने नथुनी मोचीको घरमा बुधबार बेलुकी आगलागी हुँदा करिब ८ लाख ३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, साल्पासिलिछो गाउँपालिका-२ दाग्वेला बस्ने कृष्ण बहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















