आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

23

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित हल्दिबारी गाउँपालिका-४ बस्ने चाँदनी श्रेष्ठले संचालन गरेको बुटिक पसलमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ५४ वर्षीय मन बहादुर सुनुवारको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here