भारी वर्षाकाे सम्भावना

21

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले  बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

साथै महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here